रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता, चुनाव चिन्ह गोलाकारभित्रको घण्टी
काठमाडौं । निर्वाचन आयोगमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले सो दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आयोगमा दिएको दल दर्ताको निवेदनमा चुनाव चिन्ह घण्टी राख्ने प्रस्ताव गरेपनि केही परिमार्जन भएर सो दलको चुनाव चिन्ह गोलाकारभित्र घण्ट राख्ने निर्णय भएको छ ।
दल दर्ताका लागि पत्रकार लामिछानेले असार ७ गते आयोगमा निवेदन दर्ता गराएका थिए । दल दर्ताको निवेदन दिएको दश दिनमा सो दल दर्ता भएको छ ।
दल दर्ताको निवेदन आयोगमा परेदेखि स्वतन्त्र रहेकाहरुले विरोध सो दलको नाममा विरोध जनाउँदै आएका थिए। सो दलको विरुद्धमा सर्वोच्चमा रिट दर्ता पनि भएको थियो । तर सर्वोच्चले सो रिटबारेमा सुनुवाई नगरेपछि आयोगले आज शुक्रबार सो दल दर्ता गरेको हो ।







डिसी नेपाल








Facebook Comment