४ पालिका गुमाएपछि महोत्तरी माओवादीले चुनावी समीक्षा गर्दै

डिसी नेपाल
१८ असार २०७९ ७:३८
144
Shares

महोत्तरी। माओवादी केन्द्र महोत्तरीको चुनावी समिक्षा सुरु भएको छ। १८ असारदेखी बर्दिबास नगरपालिकावाट निर्मम समिक्षा अगाडि बढाइने जिल्ला निर्वाचन समितिका संयोजक तुलसी ढुङगनाले जानकारी दिए।

निर्वाचनको बिषयलाइ लिएर दुइपक्षविच वढदै गएको दूरीलाइ ध्यानमा राख्दै माओवादी केन्द्र महोत्तरीले गम्भिर समीक्षा गर्न लागेको हो।

अघिल्लो निर्वाचनमा जितेका पालिकाहरु गौशाला नगरपालिका, बर्दिबास नगरपालिका, सम्सी गाउँपालिका र रामगोपालपुर नगरपालिकालाइ समेत गुमाएको माओवादीले पराजित हुनुको बिषयमा गहन समीक्षा अगाडि वढाउने संयोजक ढुंगनाले जानकारी दिए।

१८ असारमा बर्दिबासको माइस्थान स्थित पन्चधुरा पाटी प्यालेसमा बर्दिबास नगरपालिकाको समीक्षा हुनेछ। बर्दिबासको बिषयलाइ लिएर पनि नेताहरुविच अनेकौ टिकाटिप्णी वनिरहेका छन । राजु खडका पक्षले निर्वाचनमा पराजयको कारक गिरिराजमणि पोखरेल समुहलाइ दिएको छ भने पोखरेल समुहले त्यस्लाइ अस्विकार गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.