प्रधानमन्त्रीसँगको भेटमा कुनै सर्त राखेका छैनौँः शरतसिंह भण्डारी

डिसी नेपाल
१८ असार २०७९ ११:५९
28
Shares

काठमाडौं।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का नेता शरदसिंह भण्डारीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटवार्तामा कुनै पनि सर्त नराखेको बताएका छन्।डिसी नेपालको ‘द ब्रिज टक’ कार्यक्रममा बोल्दै नेता भण्डारीले सो कुरा उल्लेख गरेका हुन्।जति सर्त,जति सम्झौता गरेपनि कुनै पनि सरकारले आफूहरुको माग सम्वोधन नगरेको भण्डारीको गुनासो रहेको छ।

‘देउवाजी प्रधानमन्त्री बन्ने बेलामा हामीले उहाँलाई विश्वासको मत दिएका हौँ।मत माग्ने बेला उहाँ(प्रधानमन्त्री देउवा)ले हामीसँग लिखित रुपमा मत माग्नु भएको थियो।हामीले पनि हाम्रा मागहरु मौखिक रुपमा यस्तो छ है,भनेपछि उहाँले पनि संसदको रोष्टममा उभ्भिएर म मधेसी,आदिवासी,जनजातीको मागहरुको सम्वोधन गर्छु भनेर बोल्नु भएको छ।’

भण्डारीले भने ‘र केही समय अगाडि प्रधानमन्त्री निवास बालुवाटारमा पनि त्यही बोलेको कुरा पुरा गरिदिनुहोस् भनेर प्रधानमन्त्रीजीलाई भेट्न गएका थियौँ।
किनभने अहिलेसम्म जतिबुँदे सम्झौता गरेपनि पुरा हुन सकेको छैन।’प्रधानमन्त्री देउवालाई भेट्न लोसपाका शीर्ष नेताहरु गत जेठ ३० गते बालुवाटार पुगेका थिए।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.