पञ्चदेवल नगरपालिकाले बयालपाटा अस्पताललाई दियो पाँच लाख अनुदान

डिसी नेपाल
१८ असार २०७९ १३:२०

सुर्खेत।अछामको पञ्चदेवल विनयाक नगरपालिकाले बयालपाटा अस्पताललाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । नगरपालिकाले अस्पतालको व्यवस्थापनका लागि पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

पञ्चदेवल विनायक नगरपालिकाले दिएको यो रकम अस्पतालको व्यवस्थापनमा खर्च हुने नगरपालिकाका उपप्रमुख हर्कबहादुर रावलले बताए ।दुर्गम क्षेत्रमा सञ्चालनमा आएको अस्पताललाई सहयोग पुगोस् भनेर अनुदान प्रदान गरिएको नगरपालिका–६ का वडा अध्यक्ष कमल रावलले जानकारी दिए ।
सन् २००७ मा स्थापना भएको अस्पतालले कालीकोट, अछाम, दैलेख, डोटी र बाजुरा जिल्लाका बिरामीको उपचार गर्ने गरेको छ ।

दुर्गममा रहेको अस्पतालले हाल बाहिरंग सेवा, २४सै घण्टा अन्तरंग, आकस्मिक, प्रयोगशाला तथा एक्सरे सेवाहरू प्रदान गर्दै आइरहेको छ भने शल्यक्रियामार्फत प्रसुति सेवा, हर्निया तथा हाईड्रोशील र एपेन्डिसको आकस्मिक सर्जरी, हाडजोर्नीका सर्जरी निःशुल्क प्रदान गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.