ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

डिसी नेपाल
१९ असार २०७९ १०:१६
104
Shares

काठमाडौं।  ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज (असार १९ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद सेयर जारी गर्न सोमबार (असार २० गते) बुक क्लोज गर्ने भएको छ। यस अनुसार  आज आइतबारसम्म सेयर खरिद गर्ने लगानीकर्ताले मात्र कम्पनीले जारी गर्न लागेको हकप्रद सेयर दाबी गर्न पाउनेछन् ।

कम्पनीले १ः१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागेको हो। ङादीले हाल कायम ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ चुक्ता पुँजीमा १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद सेयरमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.