सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

डिसी नेपाल
१९ असार २०७९ ११:३५
572
Shares

काठमाडौं। साता कारोबारको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार छापावाला सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सयले बढेर प्रति तोला ९७ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँ कारोबार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.