काठमाडौंस्थित भारतीय दूतावासमा गोली चल्यो, एसएलआरको गोली लागेर सुरक्षाकर्मीको मृत्यु
काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा गोली चलेको छ । लैनचौरस्थित दूतावासको परिसरभित्र गोली चलेको हो ।
गोली एसएलआर राइफलबाट चलेको बताइएको छ । त्यहाँ तैनाथ भारतीय सुरक्षाकर्मीले आफूले बोकेको एसएलआर राइफलबाट आफैंलाई गोली हानेको स्रोतले जनाएको छ । गोली लागेर ती भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ ।
दूतावासको सुरक्षामा खटिएका ती सुरक्षाकर्मीले आफैँले बोकेको बन्दुकबाट आफैँलाई गोली प्रहार गरेर आत्महत्या गरेको बताइएको छ ।स्रोतका अनुसार उनको शव अहिले पोस्टमार्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
हेर्नुहोस् भिडियो:
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment