राष्ट्रसंघ न्यूयोर्कमा मेयर ब्याञ्जुको भाषण, विकासमा धुलिखेलको फड्को
न्यूयोर्क । धुलिखेल नगरपालिकाका प्रमुख एवं नगर संघ नेपालका अध्यक्ष अशोक ब्याञ्जुले विकासका मामिलामा धुलिखेल नगरपालिकाको फड्को मारेको बताएका छन्।
संयुक्त राष्ट्रसंघ न्युयोर्कमा भाषण गर्दै प्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिकाले दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिवद्धता बमोजिम नगरपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरणलाई प्राथमिकतामा राख्दै ४ वटा दिगो विकास लक्ष्यहरूको बिस्तृत अध्ययन गरेको बताए।

उनले शुन्य गरिबी, सुस्वास्थ्य तथा गुणस्तरीय शिक्षा एवं सफा पिउने पानीको व्यवस्था गर्न नगरपालिका सक्षम रहेको बताए। स्थानीय तह निर्वाचनपछि नगरपालिकाले सञ्चालन गर्ने सबैजसो कार्यक्रम दिगो विकास लक्ष्य अनुसार नै रहेको बताए।

नगरपालिकाले शहरमा सुरक्षित र स्वच्छ खानेपानी, गरिबी निवारण सम्बन्धि कार्यक्रम, बालमैत्री शहर घोषण, साक्षर सहर घोषणा, शिक्षा र स्वास्थ्य हबको लागि शहर, पर्यटन प्रवद्र्धधन गतिविधि, सूक्ष्म उद्यम र स्व–उद्यम विकास दजस्ता दिगो विकास लक्ष्यलाई महत्वपूर्ण रुपमा समेटिएको बताए।
ब्याञ्जु नगर संघ नेपाल तथा युसिएलजी एस्पेकका अध्यक्ष हुन्।

धुलिखेलले आइसिएलआई– स्थायित्वका लागि स्थानीय सरकार दक्षिण एसियाको सीडीकेएन कार्यक्रम अन्तर्गत तथा एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (यूनेस्क्याप) बाट प्राविधिक सहयोग लिएर दिगो विकास लक्ष्यको आफ्नो स्वेच्छिक स्थानीय समीक्षा सफलतापूर्वक सम्पन्न गरेको छ।

धुलिखेलले २०२० को डिसेम्बरमा स्वेच्छिक स्थानीय समीक्षा प्रक्रिया सुरु गरेको थियो। एक–एक चरण पालना गर्दै नगरपालिका संयुक्त राष्ट्र संघले सन् २०३० सम्म तोकेको दिगो विकास लक्ष्यको पूरा उपलब्धि हासिल गर्न अगाडि बढेको उनले बताए। नेपालमा दिगो विकास लक्ष्य हासिल गर्ने पहिलो नगरपालिका बन्न अधिकतम प्रयास गरिन मेयर ब्याञ्जुले बताए।







डिसी नेपाल








Facebook Comment