धनकुटामा २३ वर्षीया महिला बलात्कृत

डिसी नेपाल
२६ असार २०७९ १८:०४
756
Shares

धनकुटा । धनकुटामा एक जना २३ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा प्रहरीले शहीदभूमि गाउँपालिका–५ बस्ने ३१ वर्षीय सन्तोष राईलाई शनिबार पक्राउ गरेको छ ।

तेह्रथुम लालीगुराँस नगरपालिका–२ स्थित होटलमा राईले ती महिलालाई शुक्रबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई धनकुटा नगरपालिका–७ बाट पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.