रसुवागढी हाइड्रोपावरको आइपिओ भर्ने म्याद थप, कहिलेसम्म पाइन्छ भर्न ?

डिसी नेपाल
२७ असार २०७९ १२:००
144
Shares

काठमाडौँ। रसुवागढी हाइड्रोपावरको ६८ लाख ४२ हजार १०० कित्ता आइपिओ भर्ने म्याद थप गरिएको छ। कम्पनीले तोकिएको समयमा आवश्यक मात्रामा आवेदन नपरेको हुनाले समय थप गरेर साउन १० गतेसम्म भर्न पाउने भएका छन्।

कम्पनीले असार १३ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ६८ करोड ४२ लाख १० हजार रुपैयाँबराबरको आइपिओ जारी गर्न लागेको थियो।

कम्पनीले जारी गर्ने आइपिओ मध्ये आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं. २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरु वडा नं. ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुले आवेदन दिन पाउनेछन्।

यस आइपिओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने भएको छ। यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ७०० कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताहरुले यस आईपीओमा विक्री प्रबन्धकसँगै सी– आस्वा सदस्य सेवा प्राप्त गरेका सम्पूर्ण बैँक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.