सेयर बजार राताम्मे, नेप्से परिसूचक ७७ अंकले घट्यो
काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। सोमबार नेप्से परिसूचक ७७.०१ अंकले घटेर १ हजार ९१५.६१ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ३२ करोड ५६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रहेको छ। यस कम्पनीको ११ करोड ४ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ३ हजार २ सय ५५ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : एनआईसी एशिया बैंक र अपर तामाकोशी हाइड्रोपावरको कारोबार भएको छ।
सोमबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ। आजको कारोबारमा सानिमा ऋणपत्र र बैंक ओफ काठमाडौँको ऋणपत्रका लगानीकर्ताले अधिकतम कमाएका छन् भने ग्रामिण विकास लघुवित्त र किसान लघुवित्तका लगानीकर्ताले अधिकतम गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment