नेपालको लगानीले विदेशमा भन्दा बढी प्रतिफल दिन्छ : ढकाल

डिसी नेपाल
२७ असार २०७९ १५:३७
56
Shares

लण्डन। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारी, रुस-युक्रेनबीचको युद्धका कारण नेपालमा आर्थिक तरलता देखिएको बताएका छन्। नेपाल पत्रकार महासंघ बेलायतको १०औँ वार्षिकोत्सवको अवसरमा लण्डनमा आइतवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै ढकालले यस्ताे बताएका हुन्। उनले नेपालकाे आर्थिक तरलताकाे संकट हटाउन सहयाेग गर्न पनि अपिल गरे।

उनले साे अवसरमा नेपालमा लगानीका प्रशस्त सम्भवना रहेको बताउँदै बेलायतमा गरिने लगानीभन्दा नेपालको लागानीमा बढी प्रतिफलयुक्त हुने दावी गरे। बेलायतमा रहेका नेपालीले समूहिक लगानीको अवधारणमा अघि बढेर नेपालमा लगानी गर्न उनले आग्रह गरे। उनले नेपालमा विदेशी मुद्रा कमी भएपछि सरकारले डलर खाता खोल्न सुविधा दिएको चर्चा गर्दै विदेशी मुद्रामा खाता खोलेर लाभान्वित हुन अनुरोध पनि गरे।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले समय अनुकुल पत्रकारहरूले क्षमतावृद्धि गर्दै जानु पर्ने जोड दिए। कार्यक्रममा नेपाली दुतावास लण्डनकी उपप्रमुख रोशन खनालले महासंघ यूकेलाई पत्रकारको हकहित र समाजलाई सुसूचित गर्न क्रियाशील रहन आग्रह गरिन्।

गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिम्खडाले नेपाल पत्रकार महासंघ यूके शाखामा भएको एकता अतुलिनय भएको बताउँदै पत्रकारहरुको संस्थाबाट गैरआवासीय नेपाली संघले पाठ सिक्नु पर्ने बताए। उनले संघभित्र देखिएका समस्याहरुको उचित निकास निकाल्नु पर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ (एफएनजे) यूके पत्रकारिता पुरस्कार २०२२ बाट पत्रकारहरु नवीन पोखरेल र खेमराज रानाभाट पुरस्कृत भएका छन्। बेलायतमा १० वर्षदेखि सकृय ४ वटा मिडियालाई सम्मान गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.