यी हुन् मुटु स्वस्थ राख्ने हरियो सागसब्जी
काठमाडौं । आजको व्यस्त जीवनमा सबैले अस्वस्थ र जंक फूड खाइरहेका छन्। जसले हाम्रो शरीरलाई असर गरिरहेको हुन्छ। हाम्रो भागदौडको जिवनले स्वस्थ्य वस्तुबाट टाढा भइरहेका छौ भने अस्वास्थ्यकर चिजको उपभोगले शरीरलाई मात्र नभई मुटुमा समेत जोखिम बढाउने काम भइरहेको छ ।
मुटुलाई स्वस्थ राख्न स्वस्थ आहार आवश्यक हुन्छ । त्यसैले आफ्नो आहारमा हरियो सागसब्जी समावेश गर्नुहोस् र स्वस्थ मुटु प्राप्त गर्नुहोस्। हरियो सागसब्जी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । स्वस्थ रहन सबैले हरियो सागसब्जी खान चिकित्सकहरु पनि सल्लाह दिन्छन् । हरियो सागसब्जीले शरीरलाई पोषक तत्व प्रदान गर्छ र रोगबाट बचाउँछ । यसले शरीरलाई स्वस्थ मात्र राख्दैन, मुटुलाई पनि स्वस्थ राख्छ ।
खानामा यी तरकारी समावेश गर्नुहोस्, मुटुरोगीलाई गर्छ फाइदा:
गाजर– गाजरलाई भिटामिन सी को राम्रो स्रोत मानिन्छ। भिटामिन सी मात्र नभई आइरन, सोडियम, पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, डी, बी ६ को पनि राम्रो स्रोत मानिन्छ। यसलाई आहारमा समावेश गरेर मुटुलाई स्वस्थ राख्न सकिन्छ ।
ब्रोकाउली– ब्रोकाउली एउटा हरियो तरकारी हो, जुन मुटुको स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । ब्रोकाउलीमा प्रोटिन, क्याल्सियम, क्वेर्सेटिन, कार्बोहाइड्रेट, आइरन, भिटामिन ए, सी जस्ता पोषक तत्व पाइन्छ । आफ्नो मुटुलाई स्वस्थ राख्नको लागि तपाईले आफ्नो आहारमा ब्रोकाउलीलाई सूप, तरकारी र सलादको रूपमा समावेश गर्न सक्नुहुन्छ।
पालुङ्गो – पालुङ्गो पोषक तत्वले भरिपूर्ण हुन्छ । पालुङ्गोमा आइरन, प्रोटिन, म्याग्नेसियम, पोटासियम, क्याल्सियम र फोलेट जस्ता तत्व पाइन्छ। जुन रगत र मुटुको स्वास्थ्यका लागि राम्रो मानिन्छ । आफ्नो आहारमा पालक समावेश गरेर, तपाईं आफ्नो मुटुको राम्रो हेरचाह गर्न सक्नुहुन्छ।
प्याजको पात– प्याजको पातमा पोटासियम प्रचुर मात्रामा पाइन्छ। जसको मद्दतले यसले रक्तचापलाई सामान्य राख्न मद्दत गर्छ। किनभने यसले रगतमा खराब कोलेस्ट्रोलको मात्रा घटाउँछ र राम्रो कोलेस्ट्रोलको स्तर बढाउँछ। प्याजको पातलाई क्याल्सियमको प्रचुर स्रोत मानिन्छ। जुन हड्डी बलियो बनाउन निकै महत्त्वपूर्ण हुन्छ। यसको सेवनले हड्डीको घनत्व बढ्छ र हड्डी बलियो हुन्छ ।
भिन्डी – भिन्डी मुटुको स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । भिन्डीमा भिटामिन ए, पोटासियम, क्याल्सियम, कार्बोहाइड्रेट, फाइबर र अनस्याचुरेटेड फ्याटी एसिड र बिटा क्यारोटिन पनि पाइन्छ, जसले मुटुको जोखिमबाट बचाउन मद्दत गर्छ।
टमाटर–अनुसन्धानका अनुसार टमाटरले खराब कोलेस्ट्रोल घटाउन मद्दत गर्छ र रगत जम्नबाट पनि बचाउँछ। यसको सेवनले हृदयाघातको जोखिम धेरै हदसम्म कम हुन्छ । त्यसैले मुटु रोगबाट टाढा रहन यसलाई आफ्नो आहारमा पनि स्थान दिन सक्नुहुन्छ ।
सिमीरबोडी – सिमीको दानाको दाल वा हरियो सिमीको तरकारी दुबै मुटुको लागि अत्यन्त स्वस्थकर खानेकुरा हुन। सिमीमा भएको कर्बोहाईड्रेस पनि मुटु मैत्री छ। यसमा विद्यमान खाद्यरेशालाई पेटका ब्याक्टेरियाहरूलाई पोषण प्रदान गर्ने गर्दछ। सिमीको सेवनले एलडिएल कोलेस्टेरोल कमगर्ने, अक्सिडेटिभ स्ट्रेस घटाउने जस्ता कार्य गर्दछ।







डिसी नेपाल








Facebook Comment