सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, लगत्तै मन्त्रिपरिषद बैठक
फाइल फोटो
काठमाडौं। सत्ता गठबन्धनको बैठकमा बालुवाटारमा बसिरहेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत जानु अघि बालुवाटारमा गठबन्धनको बैठक बसेको हो।
प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको बैठकले गठबन्धनको तर्फबाट उपसभामुखकी उम्मेदवार बनेकी पुष्पा भुसालको पक्षमा मत जुटाउने विषयमा छलफल भइरहेकाे छ।
आगामी निर्वाचनमा गठबन्धन गरेरै जाने निर्णय गरेको पाँच दलीय गठबन्धनको बैठकमा आगामी चुनावमा गठबन्धनको राणनीतिलगायतका विषयमा छलफल भइरहेको छ।
माओवादी अध्यक्ष प्रचण्ड आजै चार दिने भ्रमणका लागि भारत प्रस्थान गर्दै छन्। उनी भारत जानु अघि गठबन्धनको बैठक बसेको हो।
यसैबीच गठबन्धनको बैठक सकिए लगत्तै मन्त्रिपरिषद बैठक बस्ने भएको छ। मन्त्रिपरिषद बैठकका लागि मन्त्रीहरु बालुवाटा पगिसकेका छन्। मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको श्रम मन्त्री शेरबहादुर कुँवरले जानकारी दिए।







डिसी नेपाल








Facebook Comment