संक्रमणकालीन न्याय सम्बन्धी कानुन संशोधन गर्ने गठबन्धनको निर्णय

डिसी नेपाल
३१ असार २०७९ १३:०९
36
Shares

काठमाडौं। सत्ता गठबन्धनले संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्ने सहमति गरेको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्ने सहमति भएको बैठकमा सहभागी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए।

‘आज एउटै एजेण्डामा छलफल भयो, संक्रमणकालीन कानुनलाई संशोधन गर्ने विषयमा सहमति भएको छ। अब कानुन मन्त्रालयले के के विषयमा संशोधन गर्ने भनेर गृहकार्य गर्छ,’ उपसभापति खड्काले डिसी नेपालसँग भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.