गभर्नर प्रकरणको विषयले सत्तागठबन्धनको बैठकमा प्रवेश नै पाएन

डिसी नेपाल
३१ असार २०७९ १३:२४
108
Shares

काठमाडौं। राष्ट्र बैंकका गभर्नर  महाप्रसाद अधिकारीको चौतर्फी राजीनामाको माग भइरहेको बेला सत्तागठबन्धनको आज बसेको बैठकमा यो विषयले प्रवेश नै पाएन। शुक्रबार बालुवाटारमा बसेको बैठकमा गर्भनर महाप्रसाद अधिकारीको विषयमा कुनै पनि छलफल नभएको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताए।

उपसभापति खड्काले डिसी नेपालसँग भने,  ‘संक्रमणकालीन न्याय सम्वन्धी कानुनको विषय र प्रचण्डजीको भारत भ्रमणको शुभकामना दिँदै आजको बैठक सकिएको हो। गभर्नरको विषयले आज प्रवेश नै पाएको छैन।’

नेकपा एमालेले एम अधिकारीको नाममा घनश्याम भुसाल प्रमुख रहेको अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा तानिएका थिए।

तर एमालेले भने एम अधिकारी गर्भनर नभएर अर्कै व्यक्ति भएको भनेर खण्डन गरिसकेको छ। त्यसपछि अधिकारीको बर्खास्तीको माग गर्दै कांग्रेस निकट भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा (माओवादी केन्द्र)निकट भ्रातृसंस्था अखिल क्रान्तिकारीले गर्भनर अधिकारीको राजिनामा माग गर्दै प्रदर्शन गरेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.