पार्टी पुनर्गठन गर्ने बाबुरामको घोषणा (विज्ञप्तिसहित)
काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराइले जसपा पुनगठन गर्ने घोषणा गरेकाछन् । उनले जसपा पुर्नगठन गर्नु बाहेक अरु विकल्प नरहेको समेत बताएका छन् ।
भट्टराईले शुक्रबार साझ एक विज्ञप्ति जारी गर्दे अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले वीरगंजमा एकलौटीरुपमा बैठक बसालेर पार्टी हित विपरीतका गतिबिधि गरेको भन्दै पार्टी पुर्नगठन गर्ने घोषणा गरेका हुन् ।
उनले स्वैच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा आफूलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरिएको भन्दै आपत्ति जनाएका छन् । उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९-३० गते वीरगंजमा बसेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वैच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा आफूहरुलाई कारबाही गरेको भट्टराईको आरोप छ ।
‘सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको छ । हामी यस कारबाहीको घोर भर्त्सना गर्दै कारबाहीको निणर्य खारेज गर्दछौंं । यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन । तसर्थ, पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनु भएका केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेताकार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौँ ।,’ विज्ञप्तिमा भनिएको छ ।








डिसी नेपाल








Facebook Comment