उपसभामुख भुसालले लिइन् पद तथा गोपनीयताको सपथ

डिसी नेपाल
१ साउन २०७९ १७:०१
112
Shares

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले आइतबार सपथ ग्रहण गरेकी छन् । शुक्रबार निर्वाचित भएकी उपसभामुख भुसालले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएकी हुन् ।

शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको सपथ गराएका हुन्। दोस्रो प्रयासमा भुसाल उपसभामुखमा विजयी भएकी हुन् ।

सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उपस्थित थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.