कमल थापाका भतिज अभिषेक राप्रपा नेपालको खेलकुद विभाग प्रमुख

डिसी नेपाल
२ साउन २०७९ १५:५८
88
Shares

काठमाडौं । राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले खेलकुद विभाग प्रमुखमा अभिषेक थापालाई मनोनयन गरेको छ ।

सोमबार पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय समस्यसमेत रहेका अभिषेकलाई खेलकुद विभागको जिम्मेवारी सुम्पिएका हुन् ।

‘राप्रपा नपालको विधानबमोजिम तपाईलाई खेलकुद विभागको प्रमुख पदमा मनोनयन गरिएको सहर्ष जानकारी गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ । अभिषेक थापा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाका छोरासमेत हुन् ।

‘आफूलाई दिइएको जिम्मेवारी सक्रिय एवं इमान्दारीपूर्वक निर्वाह गरी राप्रपा नेपाललाई देशको एक अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गर्ने अभियानमा योगदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,’ कमल थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.