विद्युतीय माइक्रोबस चढेर पार्टी कार्यालय पुगे ओली, स्कुटर पनि चलाए (तस्बीरहरु)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालकोटबाट विद्युतीय माइक्रो बस चढेर च्यासलस्थित पार्टी कार्यालयमा पुगेका छन् ।
मंगलबार दिउँसो अध्यक्ष ओली आफ्नो गाडीमा छाडेर माइक्रोबसमा पार्टी कार्यालय पुगेका थिए । अध्यक्ष ओली माइक्रो बसबाट ओर्लिंदा पार्टी कार्यालयमा रहेका नेता-कार्यकर्ता र कर्मचारीका लागि सरप्राइजनै भएको थियो।

सगरमाथा आरोही युवा संघकी नेता युगान्तिका तामाङलाई विद्युतीय स्कुटर हस्तान्तरण गरेर पार्टी कार्यालय जान लागेका अध्यक्ष ओलीले कार्यक्रमका सहभागीलाई लिन आएको विद्युतीय माइक्रोबसमा चढे । उनले स्कुटर हस्तान्तरण गरेपछि आफँैले चलाएका पनि थिए ।

माइक्रोबसबाटै पार्टी कार्यालय जाने भनेर अध्यक्ष ओली चढेपछि युवा संघका अध्यक्ष किरण पौडेल, नेता क्षितिज थेबे, निरोज पौडेल लगायत सबैजना माइक्रोमानै चढेका थिए ।
काठमाडौं-सिन्धुली रुटमा चल्ने माइक्रोबस आयोजकले रिजर्भ गरेर बालकोट लगेका थिए ।












डिसी नेपाल








Facebook Comment