श्वेत गंगा हाइड्रोपावरको २३ लाख ८९ हजार ५ सय कित्ता आईपीओ बिक्री खुला

डिसी नेपाल
४ साउन २०७९ ९:५०
148
Shares

काठमाडौं । श्वेत गंगा हाइड्रोपावरको २३ लाख ८९ हजार ५ सय कित्ता आईपीओ आजदेखि बिक्री खुल्ला भएको छ। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले  २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आइपिओ बिक्री खुल्ला गरेको हो।

कम्पनीले जारी गरेको आइपिओमध्ये ५प्रतिशत अर्थात् १ लाख १९ हजार ४७५ कित्ता सामुहीक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा ८ साउनसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा१८ साउनसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यसमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले श्वेत गंगाको आईपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.