सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
४ साउन २०७९ ११:५३
228
Shares

काठमाडौं। नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ थियो।

मंगलबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँ र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको थियो। सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार पाँच सय रुपैयाँ थियो।

आज चाँदीको तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ११ सय ६५ रुपैयाँ पुगेको छ। मंगलबार यसको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.