बाढीले बाजुराका चार घर बगायो, २३ जनाको उद्धार

डिसी नेपाल
४ साउन २०७९ १४:५३
100
Shares

धनगढी। मंगरबार रातिदेखि परेको अविरल वर्षाका कारण बाजुराको बुढीगंगामा आएको बाढीले चार घर बगाएको छ। बाढीमा फसेका २३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरीका अनुसार बडिमालिका नगरपालिका-२ भौनेरामा आएको बाढीका कारण चार घर बगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार स्थानीय लक्ष्मी पण्डित र चन्द्रराज पण्डितको घर पूर्ण रूपमा बगाएको छ भने अम्मराज पण्डित र तर्कराज पण्डितको आधा बगाएको छ।

यस्तै, नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरीको टोलीले बाढी प्रभावित २३ जनाको उद्धार गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.