आइपीओ निष्कासनको अनुमति माग्दै सेबोन पुग्यो अपर स्याङ्गे हाइड्रो

डिसी नेपाल
५ साउन २०७९ ८:५८
56
Shares

काठमाडौं। अपर स्याङ्गे हाइड्रोपावर कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि आईपिओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–४ स्थित स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताको हाइड्रोपावर निर्माण गरिरहेको छ।

कम्पनीको भौतिक कार्य अन्तिम चरणमा रहेको कम्पनले जनाएको छ । कम्पनीले आयोजनाको कुल लागत ४६ करोड १० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ।

प्रतिमेगावाट लागत १९ करोड २१ लाख रुपैयाँ पर्ने अनुमान छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.