पिपुल्स पावर कम्पनीको आइपीओको लागि आवेदन दिने आज अन्तिम दिन

डिसी नेपाल
५ साउन २०७९ ९:१७
280
Shares

काठमाडौं। पिपुल्स पावर कम्पनीको आइपीओमा आवेदन दिन आज (बिहीबार) अन्तिम दिन रहेको छ। कम्पनीले असार ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपीओ बिक्री खुला गरेको हो। यसले प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ३२ हजार ६ सय कित्ता सेयर स्थानीयलाई बिक्रीमा ल्याएको हो।

अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिकाको वडा नं– १ र ४ का वासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता छुट्याइएको छ। यस्तै, इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता आइपीओ जारी गरिएको छ। इच्छुक खरिदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आइपीओका लागि लगानीकर्ताले नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर शाख र प्राइम कमर्सियल बैंकको राँके शाखाबाट आवेदन दिन सक्नेछन्। यसबहेक सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत पनि उक्त आइपीओमा आवेदन दिन पाइनेछ। यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.