ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
५ साउन २०७९ १०:४४
1.6k
Shares

काठमाडौं। साताको कारोबारको पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य ९३ हजार रुपैयाँ कायम गरेको छ

बुधबार ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज १ हजार रुपैयाँले घटेर प्रति तोला ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यता, तेजाबी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य १ हजार १ सय ५५ रुपैयाँ कायम भएको छ।  चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको छ। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.