सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार छापावाला सुनको मूल्य ९४ हजार रुपैयाँ कायम भएको छ ,
बिहिबार ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज १ हजार रुपैयाँले बढेर प्रति तोला ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिए। साथै, तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार १६५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment