अजय देवगनले तानाजीका लागि सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार पाए

डिसी नेपाल
७ साउन २०७९ १०:४७
504
Shares

काठमाडौं । बलिउड अभिनेता अजय देवगनले आफ्नो फिल्म तानाजीका लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड पाएका छन् । ६८औँ राष्ट्रिय चलचित्र अवार्डमा यो वर्ष दुई कलाकारले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् ।

अजय देवगनसँगै तमिल फिल्मका अभिनेता सुर्यालाई पनि यो वर्ष उनको फिल्म सूरराई पोत्रुका लागि यो अवार्ड दिइएको छ । मलायालम र तमिल सिनेमामा काम गरिसकेकी अभिनेत्री अपर्णा बालामुरलीले सुराराई पोत्रुमा उत्कृष्ट अभिनयका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छिन् ।

सर्वोत्कृष्ट हिन्दी फिल्मको अवार्ड ‘तुलसीदास जूनियर’ र उत्कृष्ट फिचर फिल्मको अवार्ड ‘सूरराई पोत्रु’ (तमिल) ले पाए। योसँगै ‘तानाजीः द अनसंग वारियर’ले सर्वोत्कृष्ट चलचित्रको अवार्ड पाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.