अल्लु अर्जुनको ‘पुष्पा २’को बजेट ५०० करोड, निर्माताले दिए रिलिज डेटको संकेत

डिसी नेपाल
७ साउन २०७९ १२:२०
456
Shares

काठमाडौं । अल्लु अर्जुनको फिल्म ‘पुष्पा द राइज’को सिक्वेल ‘पुष्पा द रुल’लाई निर्माताहरूले अझै बलियो बनाउने तयारी गरेका छन् । फिल्मलाई अझ बलियो बनाउन बजेट धेरै खर्च हुने निश्चित छ । अब निर्माताले ‘पुष्पा–द राइज’को बजेटको बारेमा यस्तो अपडेट शेयर गरेका छन् कि फ्यानहरुको उत्साह निकै बढ्नेछ ।

अल्लु अर्जुनको यो दमदार सिक्वेलको बजेट ३५० करोड भारु हुने खबर सार्वजनिक भएको थियो । तर, अहिले फिल्मका एक निर्माता वाई. रविशंकरले ‘पुष्पा २’ को बजेट योभन्दा पनि बढी हुने बताएका छन् ।

हालै, शंकरले बिजनेस टुडे पत्रिकासँग हिन्दी बजारमा साउथ फिल्महरूको क्रेजको बारेमा कुराकानी गरेका थिए। उनले उत्तर भारतमा फिल्मको प्रचारप्रसार गर्न नपाएकोमा आफूलाई पछुतो रहेको बताए ।

शंकरले भने, “दक्षिण भारतबाहिर फिल्मको सफलताले पक्कै पनि हामी चकित थियौं। हामीले प्रचारमा धेरै समय खर्च नगर्ने भएकाले यो यति ठूलो हुनेछ भन्ने थाहा थिएन।” ‘पुष्पा २’का लागि ५ सय करोड रुपैयाँ आवश्यक पर्ने उनको अनुमान छ ।

नेपालका एक वितरकले ‘पुष्पा’ प्रिन्टको लागि मागेको रकम दिन राजी भएको शंकरले बताए । उनलाई विमानमा भेटेका पाकिस्तानका एक फिल्म निर्माताले उनको अगाडि फिल्मको एउटा गीतको तारिफ गरेका थिए ।

अल्लु अर्जुन अभिनित फिल्मको सफलता र लोकप्रियतालाई मध्यनजर गर्दै अब १० भाषा र छिमेकी मुलुकमा फिल्म रिलिज गर्ने तयारीमा रहेको शंकरले बताए ।

बिजनेश टुडेको यो रिपोर्टमा ‘पुष्पा २’ को प्रवर्द्धनका लागि बजेट ५ गुणाले बढ्न सक्ने र ५० करोड रुपैयाँसम्म खर्च हुन सक्ने पनि निर्माताहरुले संकेत गरेका छन् । यसपटक उनी झन्डै दुई महिनासम्म देशका विभिन्न भागमा फिल्मको प्रचारप्रसार गर्न चाहन्छन् ।

रिलिज मितिलाई औंल्याउदै उनले फिल्म अगस्ट २०२३ सम्ममा रिलिज गर्न चाहेको बताए । यसअघिका रिपोर्टका अनुसार यो फिल्म डिसेम्बर २०२२ सम्म रिलिज गर्ने योजना थियो। तर अब निर्माताहरुसँगको कुराकानीबाट उनीहरुले फिल्मलाई स्म्याश हिट बनाउन कुनै कसर बाँकी नराख्ने देखिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.