यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
८ साउन २०७९ ८:५१
188
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ४८ पैसा र बिक्री दर १२८ रुपैयाँ ०८ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १२९  रुपैयाँ ४२ पैसा र बिक्री दर १३० रुपैयाँ ०३ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ १० पैसा र बिक्री दर १५२ रुपैयाँ ८२ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ३८ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १९ पैसा र बिक्री दर ८६ रुपैयाँ ६१ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ ५३ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ २८ पैसा र बिक्री दर ९ रुपैयाँ ३२ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८५ पैसा र बिक्री दर १८ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९२ र बिक्री दर ३४ रुपैयाँ ०८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८७ पैसा र बिक्री दर ३५ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७१ पैसा र बिक्री दर ९ रुपैयाँ ७६ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.