धौलागिरी लघुवित्तले ३ लाख ३१ हजार कित्ता आइपिओ साउन २४ गतेदेखि जारी गर्दै
काठमाडौँ। धौलागिरी लघुवित्त वित्तीय संस्थाले ३ लाख ३१ हजार कित्ता आइपिओ साउन २४ गतेदेखि जारी गर्ने भएको छ। संस्थाले प्रति कित्ता १ सय रुपैयाँ अंकित मुल्यमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो।
संस्थाले जारी गर्ने आइपिओमध्ये १६ हजार ५५० कित्ता सामुहीक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। भने, बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
यस आइपिओमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल गर्नेछ। यस आइपिओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यस आइपिओमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।







डिसी नेपाल








Facebook Comment