आइतबार सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

डिसी नेपाल
८ साउन २०७९ १०:४२
524
Shares

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार  नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार छापावाला सुनको मूल्य ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर प्रति तोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिए। साथै, तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदी प्रति तोला १ हजार १५५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। शुक्रबार चाँदीको प्रति तोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.