सेयर बजारमा हरियाली, ६१ अंकले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
८ साउन २०७९ १५:१७
112
Shares

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आज नेप्से ६१.०५ अंकले बढेर २ हजार ०७८.५१ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २१९ कम्पनीको ६४ लाख २३ हजार १५६ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ७३ करोड ९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ। यसको आज ३९ करोड ७१ लाखभन्दा बढीको कारोबार भएको छ।

शुक्रबारको कारोबारमा १३ वटै उपसुचक बढेको छ। आजको कारोबारमा सेन्ट्रल फाइनान्स र समृद्धि फाइनान्सका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एनएमबि ऋणपत्र र ग्लोबल आइएमई बैंक ऋणपत्रका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.