मन्दाकिनी हाइड्रोपावरको आईपीओ खुल्यो

डिसी नेपाल
९ साउन २०७९ ८:४४
228
Shares

काठमाडौं। मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज सोमबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो।

योमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

१२ साउनसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.