राधी विद्युतले डाक्यो साधारणसभा

डिसी नेपाल
९ साउन २०७९ ९:२७
88
Shares

काठमाडौँ। राधी विद्युत कम्पनीले १४ औँ साधारणसभा आह्वान गरेको छ । सञ्चालक समितिको बैठकले ३० साउनका लागि साधारणसभा डाकेको हो।

सभामा अध्यक्षको आर्थिक वर्ष २०७७-७८ को प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूची पारित गर्ने, आर्थिक वर्ष ७८-७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेस हुने छन् । कम्पनीले लाभांश घोषणा गरेको छैन।

कम्पनीले साधारणसभा प्रयोजनका लागि साउन २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार अनुसार साउन १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.