ललितपुरमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु, जिप चालक फरार

डिसी नेपाल
९ साउन २०७९ १०:५७
372
Shares

ललितपुर। ललितपुरको बालकुमारी खरीबोटमा आज बिहान जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते भएकी छिन्।

दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक चितवन घर भई ललितपुरकै झम्सिखेल बस्ने २३ वर्षीया रेखा मगरको उपचारका क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो। घाइते भएकी स्कुटरमा पछाडी सवार ललितपुर धोबिघाट बस्ने २३ बर्षकै सकुन्तला घर्तिको सोही अस्पतालमा उपचार भइरहेको छ।

ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको बा ४५ प १३४५ नम्बरको स्कुटरलाई आज बिहान सवा ३ बजे नम्बर नखुलेको जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटना पश्चात् जिप सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी बृत्त सातदोबाटोले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.