कञ्चनपुर कारागारका नाइकेसहित १३ कैदी स्थानान्तरण

डिसी नेपाल
७ पुष २०८२ २१:४१
20
Shares

महेन्द्रनगर। कञ्चनपुर कारागार घटनापछि आज बेलुकी कारागारका नाइकेसहित १३ कैदी अन्यत्र स्थानान्तरण गरिएको छ।

गत शुक्रबार कैदीबन्दीले नाइके चौकीदारले आफूहरुले पाउने सेवा सुविधामा आर्थिक चलखेल गरेको र कारागारभित्र अवैध गतिविधि गर्ने गरेको आरोप लगाएर विवाद भएपछि झडपको स्थिति सिर्जना भएको थियो।

कञ्चनपुरका प्रहरी प्रमुख खडक खत्रीले यहाँको कारागारबाट कारागारका नाइके प्रकाश मल्लसहित १३ जना कैदीलाई दाङ र नेपालगञ्ज कारागारमा स्थानान्तरण गरिएको जानकारी दिए।

कैदीबन्दी र नाइकेबीचको विवादपछिको झडपमा आठ जना कैदीबन्दी घाइते भएका थिए। जिल्ला प्रशासन कार्यालयले सो घटनाका सम्बन्धमा छानबिन समिति गठन गरेको छ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य छन्। घटनाको विस्तृत छानबिनपछि समितिले प्रतिवेदन पेस गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *