डलरको भाउ घट्यो, हेर्नुहोस् यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१० साउन २०७९ ८:४३
1.5k
Shares

काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ २८ पैसा र बिक्री दर १२७ रुपैयाँ ८८ पैसा कायम गरेको छ। सोमबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ४८ पैसा र बिक्री दर १२८ रुपैयाँ ०८ पैसा रहेको थियो।

युरोपियन यूरो एकको खरिद दर १३० रुपैयाँ ०७ पैसा र बिक्री दर १३० रुपैयाँ ६९ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ १० पैसा र बिक्री दर १५३ रुपैयाँ ८२ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ०५ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ६७ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ४३ पैसा र बिक्री दर ८८ रुपैयाँ ८५ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ ३२ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ३३ पैसा र बिक्री दर ९ रुपैयाँ ३७ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८७ पैसा र बिक्री दर १८ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८७ र बिक्री दर ३४ रुपैयाँ ०३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ६७ पैसा र बिक्री दर ३४ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७१ पैसा र बिक्री दर ९ रुपैयाँ ७६ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.