रणवीर सिंहको नग्न फोटोशूटविरुद्ध महिलाले गरिन् उजुरी

डिसी नेपाल
१० साउन २०७९ ११:४५
420
Shares

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंहले अमेरिकी पत्रिका ‘पेपर’का लागि नग्न फोटोशूट गराएपछि मुम्बईको चेम्बुर पुलिस स्टेशनमा उजुरी परेको छ । उजुरीकर्ता वेदिका चौबे पेशाले वकिल तथा पूर्व पत्रकार हुन् ।

उनले आफ्नो गुनासोमा लेखेकी छिन्, ‘गत हप्ता मैले सामाजिक सञ्जालमा रणवीर सिंहका धेरै तस्विरहरू देखेकी छु, यी तस्बिरहरू यसरी खिचेका छन् कि जुनसुकै महिला वा पुरुषलाई पनि लाज लाग्छ।

“र म छक्क परें कि उनले यी तस्विरहरू आफ्नो इन्स्टाग्राम र ट्विटरमा पनि राखेका छन् जसले देखाउँदछ कि उनको भारतीय संस्कृतिसँग कुनै सम्बन्ध छैन …।” उनले यो पनि लेखेकी छिन्, ‘मेरो घरमा दुई छोरी र अन्य चार युवती छन् जसलाई मैले सामाजिक सञ्जाल र गुगल न्युज खोल्नबाट रोकेकी थिएँ ।

उनले यस मामिलामा रणवीर सिंहविरुद्ध आईपीसीको धारा ३५४ र ५०९ अन्तर्गत मुद्दा दर्ता गर्न प्रहरीलाई अनुरोध गरेकी छन्। यसअघि सामाजिक सञ्जालमा यी तस्विरहरु भाइरल भएपछि मानिसहरुले बिभिन्न रुपमा विरोध र समर्थन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.