मेरो जबले आइपीओ जारी गर्ने

डिसी नेपाल
१० साउन २०७९ १३:३०
132
Shares

काठमाडौं। मेरो जब लिमिटेड र एनआइसी एसिया क्यापिटलबीच सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार मेरो जबले निकट भविष्यमा निष्कासन गर्ने आइपीओमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ। एनआइसी एसियाले ‘आइडिया टू आइपीओ’ सेवाअन्तर्गत मेरो जब लिमिटेडलाई संस्थागत परामर्श सेवासहित आइपीओ जारी गर्ने चरणमा पुर्याएको जानकारी गराएको छ।

क्यापिटलले ‘आइडिया टू आइपीओ’ अन्तर्गत कुनै पनि कम्पनीलाई स्थापनकालदेखि आइपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको छ। मेरो जब कम्पनीको प्रकृतिका आधारमा नेपालमा साधारण सेयर निष्कासन गर्ने पहिलो कम्पनी हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.