नेपाल इन्स्योरेन्सकाे बोनस सेयर डिम्याट खातामा जम्मा

डिसी नेपाल
१० साउन २०७९ १४:१९
104
Shares

काठमाडौं। नेपाल इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ।

कम्पनीले गत १६ जेठसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो। तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरूले खातामा बोनस सेयर पाउन पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ।

त्यसपछि बोनस जम्मा गरिने कम्पनीले जनाएको छ। कम्पनीको ३० जेठमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.