खल्तीको “द बिगेस्ट पेमेन्ट जात्रा” अफर सफलतापूर्वक सम्पन्न

डिसी नेपाल
१० साउन २०७९ १५:०३
80
Shares

काठमाडौँ। खल्तीले आफ्ना प्रयोगकर्ताहरूकालागि जेठ १२,२०७९ देखि असार ३२,२०७९ सम्म आयोजना गरेको ५२ दिनको “द बिगेस्ट पेमेन्ट जात्रा” अफरमा सफलतापूर्वक ५ लाख भन्दा बढी प्रयोगकर्ताले १ करोड भन्दा बढी सङ्ख्यामा कारोबार गरेका छन्।

डिजिटल भुक्तानी प्रति आकर्षित गर्ने उदेश्यका साथ खल्तीले समय समयमा आफ्ना प्रयोगकर्ताहरूकालागि विभिन्न आकर्षक अफरहरू प्रदान गर्दै आईरहेको छ। यहि शैली जारी राख्दै खल्तीले करोड बराबरको अफरको रुपमा “द बिगेस्ट पेमेन्ट जात्रा” आयोजना गरेको थियो। यो अफर अन्तर्गत खल्ती प्रयोगकर्ताहरूले सहभागिता जनाई क्यास ब्याक तथा थुप्रै उपहारको फाइदा लिएका थिए। साथै, हरेक दिन १ बजे देखि सुरु हुने Firesale अन्तर्गत २ लाख भन्दा बढी प्रयोगकर्ताहरू लाभान्वित भएका थिए जसमा ५०प्रतिशतसम्म क्यास ब्याक प्रदान गरिएको थियो।

अफरको आकर्षक केन्द्रबिन्दुको रूपमा रहेको ३ वटा ‘Bajaj Pulsar NS 160 ABS’ तिन भाग्यशाली बिजेताले लकि ड्र मार्फत प्राप्त गर्नु भएको छ। यति मात्र नभई अफरमा सहभागिता जनाउने ७६ भाग्यशाली प्रयोगकर्ताहरूले पुरस्कार स्वरूप समग्रमा ७ वटा इलभ एगिक को ४३ इन्चको स्मार्ट टि.भी, १४ वटा स्मार्ट फोन, ५२ वटा फ्लाइट टिकट रू. १ मा, ५२ वटा स्मार्टब्याण्ड लकि ड्र मार्फत प्राप्त गर्दा निकै खुशी महसुस गरेका थिए।

खल्तिले बिजेता छनौट प्रकृयालाई पारदर्शी बनाउनका लागि हरेक हप्ता फेसबुक लाइभ मार्फत बिजेता घोषणा गर्दै आएको थियो। सातौँ हप्ताको लाइभमा खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काको उपस्थिति मा “द बिगेस्ट पेमेन्ट जात्रा” मा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहभागीता जनाउने सबै प्रति कृतज्ञता प्रदान गर्दै सम्पन्न भएको थियो।

आगामी दिनमा पनि डिजिटल भुक्तानी प्रति सबै नेपालीलाई प्रोत्साहित गर्न खल्तिले थुप्रै रोमान्चक अफर र पुरस्कारहरु आफ्ना प्रयोगकर्ता माझ ल्याउने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.