मानव संसाधन विकासमा जापानाको ३५ करोड सहयोग

डिसी नेपाल
१० साउन २०७९ १५:२६
56
Shares

काठमाडौँ। नेपालको मानव संसाधन क्षेत्रको विकासका लागि जापान सरकारले रु ३५ करोड १५ लाख ४८ हजार ६७५ ( ३७ करोड ६० लाख जापानी येन) बराबरको सहयोग उपलब्ध गराउने भएको छ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र यहाँस्थित जापानी दूतावासका चार्ज डि अफेयर्स तामुरा ताकाहिरोले सहयोगसम्बन्धी सम्झौतापत्र आदानप्रदान गरे। द्विपक्षीय सहयोग सम्झौतामा भने अर्थमन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याल र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का प्रतिनिधि तानाका तोमोकोले हस्ताक्षर गरेका छन्।

जापान सरकारले मानव संसाधनको विकासमा चरणबद्ध रुपमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। सो कार्यक्रम अन्तर्गत २० जनाले स्नातकोत्तर र दुई जनाले विद्यावारिधि कार्यक्रमका लागि छात्रवृत्ति पाउने छन्। विश्वविद्यालयको खर्च, आवास खर्च, बीमालगायतमा खर्च गर्ने गरी सहयोग उपलब्ध भएको हो। स्नातकोत्तर कार्यक्रम दुई वर्षको र विद्यावारिधि तीन वर्षको हुनेछ।

कर्मचारीले पाउने उक्त छात्रवृत्तिले प्रभावकारी रुपमा नागरिकको सेवा गर्ने भावनाको विकास गर्ने विश्वास लिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.