बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
११ साउन २०७९ ८:५४
576
Shares

काठमाडौं। बुधबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३६ पैसा र बिक्री दर १२७ रुपैयाँ ९६ पैसा कायम गरेको छ। मंगलबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ २८ पैसा र बिक्री दर १२८ रुपैयाँ ८८ पैसा रहेको थियो।

युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ २१ पैसा र बिक्री दर १२९ रुपैयाँ ८२ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ७६ पैसा र बिक्री दर १५३ रुपैयाँ ४८ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ६४ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ७१ पैसा र बिक्री दर ८८ रुपैयाँ ३३ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ ३९ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ३२ पैसा र बिक्री दर ९ रुपैयाँ ३६ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८४ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८९ र बिक्री दर ३४ रुपैयाँ ०५ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ६७ पैसा र बिक्री दर ३४ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७२ पैसा र बिक्री दर ९ रुपैयाँ ७७ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.