सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
११ साउन २०७९ ११:०९
448
Shares

काठमाडौँ।  साताको कारोबारको चौंथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य ९४ हजार रुपैयाँ कायम भएको छ।

मंगलबार ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।  यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

यता, बुधबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला ११ सय ५० रुपैयाँ कायम रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.