सेयर बजार २३.८३ अंकले बढ्यो, कारोबार ३ अर्ब नाघ्यो
काठमाडौं। साताको कारोबारको चौंथौ दिन बुधबार सेयर बजार बढेको छ। आज नेप्से २३.८३ अंकले बढेर २ हजार १११.९९ विन्दुमा पुगेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १६ करोड १४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ। यसको आज १७ करोड ९४ लाखभन्दा बढीको कारोबार भएको छ।
बुधबारको कारोबारमा १३ वटै उपसुचक बढेको छ। आजको कारोबारमा जानकी फाइनान्स र युनाइटेड फाइनान्सका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, कुमारी धनवृद्धि योजना र सानिमा ऋणपत्रका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment