बढ्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर
काठमाडौं। बिहिबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ५४ पैसा र बिक्री दर १२७ रुपैयाँ १४ पैसा कायम गरेको छ। बुधबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३६ पैसा र बिक्री दर १२७ रुपैयाँ ९६ पैसा रहेको थियो।
युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ ४४ पैसा र बिक्री दर १३० रुपैयाँ ०५ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ८८ पैसा र बिक्री दर १५४ रुपैयाँ ६१ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३४ रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५६ पैसा र बिक्री दर ८८ रुपैयाँ ९८ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ ६४ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ३३ पैसा र बिक्री दर ९ रुपैयाँ ३७ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८९ पैसा र बिक्री दर १८ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९६ पैसा र बिक्री दर ३४ रुपैयाँ १२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८२ पैसा र बिक्री दर ३४ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७१ पैसा र बिक्री दर ९ रुपैयाँ ७६ पैसा कायम भएको छ।







डिसी नेपाल








Facebook Comment