बिहिबार सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। साताको कारोबारको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ। बिहिबार छापावाला सुनको मूल्य ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ।
बुधबार ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।
यता, बुधबार चाँदीको भाउ भने तोलामा ३० रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला ११ सय ५५ रुपैयाँ कायम रहेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment