नेप्सेमा सूचीकरण भएसँगै विन्धवासिनी हाइड्रोपावरकाे सेयर काराेबार खुला

डिसी नेपाल
१२ साउन २०७९ ११:४२
56
Shares

काठमाडौं। विन्धवासिनी हाइड्रोपावर कम्पनीकोे आईपीओ नेप्सेमा सूचीकरण भएसँगै सेयर काराेबार खुला भएकाे छ।

बुधबार यसको १ करोड कित्ता सेयर सूचीकरण भएको हो । सूचीकरण भएसँगै बिहीबारबाट यसको सेयर कारोबार खुला भएकाे छ।

सूचीकरणसँगै नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको थियाे। जसअनुसार पहिलो कारोबार न्यूनतम १११ रुपैयाँ ३४ पैसादेखि अधिकतम ३३४ रुपैयाँ ०२ पैसाभित्र रहेर हुनेछ । बीएचडीसी संकेतमा यसको कारोबार खुला हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.