१५.४९ अंकले बढ्यो सेयर बजार, ५ अर्बको हाराहारीमा कारोबार

डिसी नेपाल
१२ साउन २०७९ १५:३७
80
Shares

काठमाडौं। साताको कारोबारको पाँचौ दिन बिहिबार सेयर बजार बढेको छ। आज नेप्से १५.४९ अंकले बढेर २ हजार १२७.४७ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ९७ करोड ६४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावरको भएको छ। यसको आज १७ करोड ९६ लाखभन्दा बढीको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै उपसूचकमधये  उपसुचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा दुई चोम्पन्य्का लगानीकर्ताले अधिक मुनाफा कमाएका छन्। बिन्ध्यबासिनी हाइड्रोपावर र राष्ट्र उत्थान लघुवित्तको सेयर कारोबार १० प्रतिशतले वृद्धि भएको छ। यता, राधी बिद्युत कम्पनी र  बलेफी हाइड्रोपावरका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.